कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
कैलाली | मंसिर ६, २०८१
कैलाली: कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।
धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो ।
४ वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थाल्नुभएका उहाँले हाल ५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आउनुभएको छ ।५ वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर छ महिनामा छ लाख बचत हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,– “हिउँदका छ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो २ सयदेखि २ सय ५० मा बिक्री हुने गरेको छ ।”
“बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन”, उहाँले भन्नुभयो,– “प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।” च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो,– “यसमा लगानी कम भए पनि मेहनत बढी चाहिन्छ । ४ जनाको परिवार छ,घर खर्च चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर किनेको छु ।” च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उहाँले सुनाउनुभयो ।
यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गर्नुभएको छ । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक २ लाख बचत हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।” च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उहाँको अनुभव छ ।
च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाउनुभएकी उहाँले त्यसबाट वार्षिक रु १ लाख बचत गर्दै आएको बताउनुभयो ।
(((
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

